लुम्बिनी सरकारले दियो कर्मचारीका लागि १४ बुँदे निर्देशन
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेशमा काम गर्ने कर्मचारीका लागि १४ बुँदे निर्देशन जारी गरेको छ।
आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न, मन्त्रालय तथा मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन सरकारले १४ बुँदे निर्देशन जारी गरेको हो।
मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गरेका छन्। मुख्यमन्त्री आचार्यले आर्थिक अन...











