यो वर्षको दशैंमा नयाँ नोट नसाटिने
यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् । नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए ।
राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ । बैंकले प्रत्येक वर्ष प्रतिव्...











