मोरङको सुन्दरहरैँचा नगरपालिका-३ का ३९ वर्षीय डिल्ली बहादुर बिष्टको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ५ बजे आफ्नै भैसी गोठमा मोटर खोलेर गोठ सफा गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका बिष्टको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको हो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया