शेखरले गरे पन्ध्रौँ महाधिवेशनमा सभापति पदको दाबेदारी
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको आगामी महाधिवशेनमा सभापतिमा उठ्ने बताएका छन् ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अघिल्लो महाअधिवेशनमा पराजित निकटतम् प्रतिद्वन्द्वी भएका कारण अब सभापतिमा स्वतः दाबी रहने बताए ।
उनले देशभर भ्रमण गरेर नेता कार्यकर्ता भेटघाटमा रहेको बताउँदै उम्मेदवारीलाई अन्यथा लिन नहुने जिकिर गरे ।
क...











