डोटीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । भीरबाट लडेर रुपा साउदको ज्यान गएको हो । दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी–१७ वर्षीया साउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भीरबाट लडेर बुधबार निधन भएको हो । भीरबाट अन्दाजी १०० मिटर तल खसेर घाइते भएकी साउदको उपचारका लागि जिल्ला अस्पताल डोटी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया