भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ

भारतीय युवकको मृत्यु, हत्या आशंकामा एक पक्राउ
सिरहाको गोलबजारमा भारतीय युवकको शव आज विहान फेला परेको छ। गोलबजार नगरपालिका १ वहिरीवाँध नजीकैको ग्राभेल उत्खनन गरेको खाल्डोमा भारत विहार जिल्ला समस्तिपुर अलमपुरका करिव ३२ वर्षिय बवुल कुमार खानको शव फेला परेको हो। उनी भारत विहार जिल्ला समस्तिपुर रहमदपुर पञ्चायत ९ चकनौरका पवन राय यादवका छोरा ३५ वर्षिय विजय यादवसँगै उनी धनगढीमाई नगरपालिका ८ इँटारी टोलमा पाहुना आएका थिए। पाहुना आएका उनीहरु मदिरा पी...

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह

बङ्गलादेशमा आन्दोलन पूनः चर्किएपछि सतर्कता अपनाउन दुतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर नेपाली राजदूतावासले सतर्कता अपनाउन आग्रह गरेको छ। बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरुसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहेको र  राजदूतावास निरन्तर सम्पर्कमा  रहेको दूतावासले जनाएको छ। 'बङ्गलादेशमा जारी कोटा विरोधी आन्दोलन पूनः चर्किएर हिंसात्मक प्रदर्शनहरु भइरहेको र बङ्गला...

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो ब्रान्डीङ
उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डीङ गर्न थालिएको छ । बागलुङको जैमिनी नगरपालिका–३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो । जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ...

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते

गुडिरहेको माइक्रोमाथि रूख ढल्दा नौ जना घाइते
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् । धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।  ...

सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो तोलाकै डेढ लाख

सुनको मूल्यमा नयाँ कीर्तिमान, पुग्यो तोलाकै डेढ लाख
नेपाली बजारमा साताको दोस्रो कारोबार दिन आज (आइतबार)सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सयमा कारोबार भएकोमा आज ३ सयले नयाँ कीर्तिमान कायम गरेको हो यस दिन छापावाला सुन प्रतितोला १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ...

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै

राजेश हमाल ८ वर्षपछि चलचित्रमा ’कमब्याक’ हुँदै
नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झन्डै ८ वर्षपछि अभिनयमा फर्किने भएका छन् । हमाल निर्देशक दिवाकर भट्टराईको एक अनटाइटल फिल्ममा अनुबन्धित भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी दिएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्,‘लामो अन्तरालपछि ...

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड

सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड
साताको दोस्रो कारोवार दिन नेपाली बजारमा (आज) सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आइतबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ सय रूपैयाँले बढेर १ लाख ५० हजार रूपैयाँमा कारोबार भइरहेको छ । यसैगरी,आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ७ सय ८५ रू...

बाघले लियो २६ वर्षीया महिलाको ज्यान

बाघले लियो २६ वर्षीया महिलाको ज्यान
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ की २६ वर्षीया हीरा शाह बिहीबार बिहान घर नजिकैको खेतमा घाँस काटिरहेकी बेला उखुबारीबाट आएको बाघले पछाडिबाट झम्टिएर उखुबारीतर्फ लग्यो। बाघले करिब ५० मिटर घिसारेको छ। हिराको कपाल लुछिएको क्षतबिक्षत शव दोधारा चाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ। हीरा र मीना देउरानी जेठानी सँगै बस्छन्। कलिलो उमेरै परिवारको सदस्य हीरा गुमाएपछि परिवार अहिले विक्षिप्त छ। दुई व...

बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ

बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पती पक्राउ
तेह्रथुमको आठराई-७ थोक्लुङ भालुखोपमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । बच्चा जन्माएर चर्पीको सेफ्टी ट्याङ्कीमा फ्याक्ने थोक्लुङ भालुखोपका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र २० वर्षीया मनिता लिम्बूलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले पक्राउ गरेको हो । साउन १६ गते दिउँसो ४ बजे ट्वाईलेटमा मनिताले छोरी जन्माए पछि दम्पतीले नवजात शिशुलाई बोरामा राखेर सेप्टी ट...

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु

इटहरीमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु
इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार दिउँसो १ः१० बजेतिर इटहरीको मुख्य चौकमा ट्रकले ठक्कर दिँदा एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृतक व्यक्ति अन्दाजी ४० वर्षका पुरुष हुन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार मृतक व्यक्तिको पहिचान भइसकेको छैन । इटहरी ६ स्थित विराटनगर जा...