तेह्रथुमको आठराई-७ थोक्लुङ भालुखोपमा बच्चा जन्माएर सेफ्टी ट्याङ्कीमा फ्याक्ने दम्पतीलाई प्रहरीले पक्राउ गरेको छ ।
बच्चा जन्माएर चर्पीको सेफ्टी ट्याङ्कीमा फ्याक्ने थोक्लुङ भालुखोपका १९ वर्षीय नगेन्द्र श्रेष्ठ र २० वर्षीया मनिता लिम्बूलाई ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले पक्राउ गरेको हो ।
साउन १६ गते दिउँसो ४ बजे ट्वाईलेटमा मनिताले छोरी जन्माए पछि दम्पतीले नवजात शिशुलाई बोरामा राखेर सेप्टी ट्याङ्कीमा फ्याकेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक बद्री दाहालले बताउनुभयो ।
शुक्रबार घटना स्थलमा प्रहरी पुग्दा परिवारले नै सेफ्टी ट्याङ्कीबाट मृत बच्चाको शव निकालेका थिए ।
नगेन्द्र र मनिता बीच गत जेठमा विवाह भएको बताइएको छ । घटनाको थप अनुसन्धान प्रहरीले गरिएको छ । शिशुको शव पोस्टमार्टमको जिल्ला अस्पताल तेह्रथुम लगिएको छ ।

तपाईको प्रतिक्रिया