डेढ लाख नजिक पुग्यो सुनको मूल्य
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । बुधबार छापावाला सुन १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो ।
यस दिन छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेको छ । तेजाबी सुनको मूल्य पनि १ हजार २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो दिन...











