मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा एक कर्मचारी झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
भद्रपुर नगरपालिका- १० केन्द्र मोड निवासी सुरज शर्मा मेची प्रादेशिक अस्पतालको विमा बिभागमा कार्यरत कर्मचारी रहेका अस्पतालले जनाएको छ ।शर्माले गए राती मेची प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा झुन्डिएर आत्महत्या गरेका थिए भने उनले आत्महत्या गर्नुको कारण अहिले सम्म खुल्न सकेको छैन ।
प्रहरीले यस बिषयमा थप अनुसन्धान गरिरहेका र अहिले उनको शव पोस्टमार्टमका लागि लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया