काठमाडौँ । देशभरि ७३ जिल्लामा डेंगु फैलिएको छ भने विरामीको संख्या २ हजार नाघेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लामा डेंगुका विरामीको संख्या २ हजार ६१ जना पुगेको जानकारी दिए।

यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगुका विरामी अझ बढ्न सक्ने अनुमान गरेको उनले बताए। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगु फैलिएको छ। सबैभन्दा बढी काठमाडौँमा २४९ जनामा डेंगु देखिएको छ। झापामा १३० जना र चितवनमा १०५ जनामा डेंगु देखिएको छ।

तपाईको प्रतिक्रिया