सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो कारोवारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको हो । शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेप...

खोलामा डुबेर दुई किशोरीको मृत्यु

खोलामा डुबेर दुई किशोरीको मृत्यु
दैलेख महावु गाउँपालिका-३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ वर्षीया भावना बुढा र १६ वर्षीया सपनाकुमारी बुढाको ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर ओलीले जानकारी दिनुभयो । बाख्रा चराउन गएका उनीहरूको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव

देशभर १० जनामा हैजा सङ्क्रमण, सरसफाइमा विशेष ध्यान दिन विज्ञको सुझाव
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए। उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने,  'हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको ...

रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक

रुसी सेनामा ३४ नेपाली मारिए ,आधा दर्जन युक्रेनमा बन्धक
रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् । मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ । रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेप...

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल

पाइलट शाक्यको अवस्था सामान्य छ : केएमसी अस्पताल
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ । उनको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ । केएमसी अस्पताल निर्देशक डा.मीना थापाले प्रेस विज्ञप्ति जारी गर्दै पाइटल शाक्यको अनुहार, ना...

सौर्य जहाज दुर्घटनाका मृतकको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु

सौर्य जहाज दुर्घटनाका मृतकको टिचिङ अस्पतालमा पोस्टमार्टम सुरु
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु गरिएको छ । जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शवको पोस्टमार्टम गर्न थालिएको हो । पोस्टमार्टमका लागि तीन टोली खटिएका छन् । मृतकका आफन्त र सौर्य एयरलाइन्सका प्रतिनिधि अस्पताल पुगेपछि पोस्टमार्टम सुरु गरिएको अस्पताल प्रशासनले जनाएको छ । सबै शवको पोस्टमार्टम गरेर तीन दिन पछि मात्र आफन...

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान

सौर्यको जहाज दुर्घटनामा बाबुआमा र नाबालकले गुमाए ज्यान
मर्मतका लागि भन्दै काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीनजनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाबुआमासहित नाबालक छोरा पनि रहेका छन् । यो दु्र्घटनामा सौर्य एयरलाइन्समा प्राविधिक मनुराज शर्मा उनकी श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज शर्माले ज्यान गुमाएका हुन् । प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटर थिइन् । उनी नेकपा एकीकृत समाजवादीको प्रचार व...

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई

सुरक्षाकर्मीले कन्टेनरबाट निकालेका थिए सौर्यका घाइते पाइलटलाई
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका एक मात्रै व्यक्तिलाई उद्धारकर्मीले थोत्रे भएर फ्याँकिएको कन्टेनर भित्रबाट निकालेको खुलेको छ। त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख डीआईजी रामदत्त जोशीले पाइलट शाक्यलाई जहाजको ककपिट भाँचिएपछि कन्टेनरमा खसेको अवस्थामा उद्धार गरिएको बताए। बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको जहाज दुर्घटनामा त्यसमा सवार १९ मध्ये १८ जनाको ज्यान गएको छ । दुर्घटना...

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात

काँकडभिट्टाबाट १५ अर्बको चिया, अलैची र अदुवा निर्यात
पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार  बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०/८१ मा  काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए। यो न...

एकसिङ्गे पोथी गैँडा मृत फेला

एकसिङ्गे पोथी गैँडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमापर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत फेला परेको हो । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए । उनले मृत गैँडाको शरीरमा च...