रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत रहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले जानकारी दिएकी छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले उक्त जानकारी दिएकी हुन् ।
मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ ।
रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपाली युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन् ।रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन् ।
हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको जनाइएको छ ।तीमध्ये सम्पर्कमै नरहेको भनेर ११६ जनाको उद्धारका लागि उनीहरूका परिवारका तर्फबाट परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्।उनीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री आरजु राणाले बताइन् ।

तपाईको प्रतिक्रिया