सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको अस्पताले जनाएको छ ।

उनको काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अनुहार, आँखा, नाक तथा टाउकोमा चोटहरू, ढाडमा एउटा हड्डी भाँचिएको तथा देब्रे पट्टिको ३ वटा करङहरु भाँचिएको अस्पतालले जनाएको छ ।

केएमसी अस्पताल निर्देशक डा.मीना थापाले प्रेस विज्ञप्ति जारी गर्दै पाइटल शाक्यको अनुहार, नाक तथा आँखाको चोटहरूको हिजै उपचार सकिएको जानकारी दिएकी छन् ।

हाल उनको अवस्था सामान्य रहेको तथा अन्य जटिलताहरू देखिएको निर्देशक थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया