श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ
ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्र...

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु
चितवन स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पतालमा भर्ना भएको जनाइएको छ । आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ...

झापामा एक वर्षमा मरे ४ हात्ती, हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु

झापामा एक वर्षमा मरे ४ हात्ती, हात्तीको आक्रमणमा परी ६ जनाको मृत्यु
 झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ ।  गत आर्थिक वर्ष २०८०-८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छ जना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए। विगत १४ वर्षको तथ्यांक हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७-६८ देखि आव २०७९-८० सम्म एक-दुई र आव २०७५-७६ मा ती...

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न काठमाडौँ महानगरको आग्रह
काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्...

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?
साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुर...

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहन्दी ?
साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन...

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार

त्रिशुलीमा बेपत्ता पटेल दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर गरियो दाहसंस्कार
चितवनको सिमलताल दुर्घटनामा परी बेपत्ता भएका दम्पत्ती फेला नपरेपछि कुशको शव बनाएर उनीहरूको अन्तिम दाहसंस्कार गरिएको छ। नदीमा बेपत्ता भएको करिब एक हप्ता हुँदासम्म उनीहरूको अत्तोपत्तो नलागेपछि परिवारजन र आफन्तले कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिदिएका हुन्। बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवाका ४८ वर्षीय ताराचन्द पटेल र उनकी पत्ती ४३ वर्षीया कुसमी देवीको अवस्था दुर्घटना भएको ६ दिन भइसक्...

चन्द्रागिरीकाे बिच जंगलमा पुगेपछि राेकियाे केवलकार , फसे दर्जनाै यात्रु : ८ जनाकाे सकुशल उद्धा

चन्द्रागिरीकाे बिच जंगलमा पुगेपछि राेकियाे केवलकार , फसे दर्जनाै यात्रु : ८ जनाकाे सकुशल उद्धा
चन्द्रागिरी केबलकारमा विद्युत् आपूर्ती बन्द हुँदा यात्रु फसेका छन्। बुधबार करिब साढे १ बजे केबलकार बन्द भएपछि यात्रुहरू अड्केका हुन्।केबलकारमा फसेका यात्रुको प्रहरीले उद्धार प्रयास गरिरहेको छ। स्टेसन नजिक रहेका ८ जना यात्रुको भर् याङ लगाएर उद्धार गरिएको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ। तर, जंगलको बिचमा रहेका डब्बाबाट यात्रुलाई उद्धार गर्न कठिनाई भइरहेको प्रहरीको भनाई छ।

सर्पदंशबाट एक बालकको मृत्यु

सर्पदंशबाट एक बालकको मृत्यु
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सर्पदंशबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु-६ भण्डाराका १४ वर्षीय आर्यन महतोको सर्पदंशबाट गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले मङ्गलबार घरमा खेल्ने क्रममा महतोलाई सर्पले डसेको जानकारी दिए।  सर्पदंशबाट घाइते बालकलाई कावासोतीस्थित काली...

बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह

बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी,  असुरक्षा महशुस भएमा सम्पर्क गर्न  नेपाली दूतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनले हिंस्रक रुप लिएको छ। प्रदर्शनमा धनजनको क्षति भइरहेको छ।बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न निर्देशन दिएको छ। यस्तो अवस्थामा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन त्यहाँस्थित राजदूतावासले सूचना जारी गरेको छ। ' अत्यावश्यक काम ब...