बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनले हिंस्रक रुप लिएको छ। प्रदर्शनमा धनजनको क्षति भइरहेको छ।बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न निर्देशन दिएको छ।

यस्तो अवस्थामा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन त्यहाँस्थित राजदूतावासले सूचना जारी गरेको छ। ‘ अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ-आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।
यदि कारणवश कलेज प्रशासनले होस्टेलबाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा वा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ।

द्वितीय सचिव योजना बम्जन (फोन नं. + ८८०१८८०६९१०१३ )  र रिया रिया क्षेत्री (फोन नं. + ८८०१७४५४०७९५८) सम्पर्क गर्न भनिएको छ।

विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बङ्गलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क एवं समन्वय गरिरहेको  जनाएको छ।

जारी हिंसात्मक प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थी र सत्तारुढ अवामी लिगका कार्यकर्ताबीच हिजो झडप हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

451312149_786953953607555_279939932024738099_n-1721201576.jpg

तपाईको प्रतिक्रिया