साउन महिना महिलाहरूका लागि विशेष महिना हो । यो महिनामा भगवान शिवको व्रत र पूजा गर्ने गरिन्छ । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले पनि साउनको छुट्टै महत्व छ । यो महिनामा भगवान शिवको विशेष पूजाअर्चना गरिने भएकाले साउनलाई शिवजीको महिना पनि भन्ने गरिन्छ । साउनमा विवाहित तथा अविवाहित महिलाले विभिन्न मनोकांक्षा राखेर व्रत बस्ने गर्छन । साउन महिनामा महिलाहरूले विशेष रुचीका साथ हरियो चुरापोते र मेहन्दी लगाउने प्रचलन छ । साउन महिनामा विवाहित तथा अविवाहित हिलाहरुले मेहन्दी र हरियो चुरा लगाउने गरेको पाइन्छ । महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन । साउन महिना सुरु भएसँगै बजारमा हरियो चुरापोतो र मेहेन्दी लगाउनेको चहलपहल सुरू भइसकेको छ । बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरु श्रृंगार पसलहरुमा भेटिने गरेका छन् । साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको बताउँछन् । श्रीमानको दिर्घायूका लागि र आफूलाई पनि मनपर्ने भएकाले कतिपयले यो महिना हरियो चुरापोते र मेहन्दी लगाउने गरिन्छ । हरियो रंगको महत्व ?
ज्योतिष शास्त्रअनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ । विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ । बुध ग्रहको असर व्यक्तिको करियर र व्यवसायमा सिधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ । भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् । -एजेन्सी

तपाईको प्रतिक्रिया