झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ
झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् ।
त्यस्तै, चोरीको सुनको औँठी बिक्री गर्ने कार्यमा संलग्न २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने पाथिभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा, सुनको औँठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका ...











