दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु
दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको छ। आरिसेल नामक कारखानामा आगलागी हुँदा २२ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा १८ जना चिनियाँ, एक जना लाओसका छन् भने एक जनाको पहिचान भएको छैन।
दुई जना कोरियन छन्। आगलागीमा परी ८ जना घाइते भएका छन् तीमध्ये दुई जनाको अवस्था गम्भीर छ। कारखानाले लिथियम ब्याट्री उत्पादन गर्दै आएको थियो।
कम्पनीको दोस्रो तलामा ब्याट्री जाँच र प्याक...











