कोशी प्रदेश सरकार विवादसम्बन्धी रिटको पेसी सोमबार (आज) लाई तोकिएको छ ।
आइतबार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ नसकिएर ‘हेर्दाहेर्दै’मा राखिएको रिटको पेसी तोकिएको हो । गएको जेठ ३१ गते सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासमा यो रिटमाथिको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । सोही इजलासमा आइतबार पनि बहस नसकिएको हो ।
यही इजलासले फैसला दिने गरी सुनुवाइ प्रक्रिया अगाडि बढाइएको छ । तत्कालीन मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारविरुद्ध रिट दायर गरेका हुन् ।

तपाईको प्रतिक्रिया