मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। चारजना बिरामी भएका छन्।

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए। स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनकी ४५ वर्षीया श्रीमती जालिमाया, १५ वर्षीया छोरी रेञ्जु, आठ वर्षीया सविना र १० वर्षीय छोरा सुशील बिरामी भएका हुन्। बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया