एमाले सुनसरीका अध्यक्ष खनालको निधन, १७ दिनअघि मात्र भएका थिए निर्वाचित

एमाले सुनसरीका अध्यक्ष खनालको निधन, १७ दिनअघि मात्र भएका थिए निर्वाचित
नेकपा एमाले सुनसरीका अध्यक्ष नीलम खनालको निधन भएको छ । बराहक्षेत्र नगरपालिकाका निवर्तमान मेयरसमेत रहेका खनालको हिजो (बुधबार) राति निधन भएको एमाले सुनसरीका निवर्तमान अध्यक्ष रेवतीरमण भण्डारीले पुष्टि गरे । भारतको हैदरावाद जाने क्रममा तेलङ्गना राज्यको कागज नगर पुग्दा उनको निधन भएको भण्डारीले जानकारी दिए । ‘उहाँ बिरामी भएको तर निको भइसकेको भन्ने कुरा थियो,’ उनले भने, ‘फेरि बिरामी भएपछि उपचार...

मोरङमा निर्माणाधीन घरको छतबाट खसेर कामदारको मृत्यु

मोरङमा निर्माणाधीन घरको छतबाट खसेर कामदारको मृत्यु
मोरङमा निर्माणाधीन घरको छतबाट खसेर एक कामदारको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बुधबार उर्लाबारी नगरपालिका २ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको घरको दोस्रो तलाको छतबाट खसेर मृत्यु भएको हो । उर्लाबारी २ का जेनिस लिम्बूको निर्धाणाधीन घरको दोस्रो तलाबाट उनी खसेर गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको...

रास्वपा प्रमुख सचेतकको प्रस्ताव -‘उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौँ’

रास्वपा प्रमुख सचेतकको प्रस्ताव -‘उपत्यकालाई सांस्कृतिक सहर घोषणा गरौँ’
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा घोषणा गर्नुपर्ने बताएका छन् । बुधवार सरकारले प्रतिनिधि सभामा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उनले काठमाडौं उपत्यकालाई सांस्कृतिक सहरको रुपमा विकास गर्न आवश्यक रहेको बताएका हुन् । मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक सहर, सांस्कृतिक सहर, आर्थिक सहरको रुपम...

एक पुरुषले लगाए आफ्नै शरीरमा आगो

एक पुरुषले लगाए आफ्नै शरीरमा आगो
चाबहिलमा एक पुरुषले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका छन् । आगो निभाउने क्रममा एकै परिवारका ४ सदस्य पनि घाइते भएका छन् । प्रहरीकाअनुसार घटना मंगलबार रातिको हो । घरायसी विषयमा श्रीमतीसँग विवाद भएपछि श्रीमानले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएका थिए । श्रीमानले शरीरमा आगो लगाएपछि निभाउन गएकी श्रीमती र तीन छोरी पनि घाइते भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसप...

तीनकुनेको आगलागीमा २ जना घाइते

तीनकुनेको आगलागीमा २ जना घाइते
तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् । उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइर...

नागरिकताका जलिटता समाधान गर्न कोसिस भइरहेको छ, कानुन निर्माण गर्नु सरकारको दायित्व हो : उपप्रधानमन्त्री लामिछाने

नागरिकताका जलिटता समाधान गर्न कोसिस भइरहेको छ, कानुन निर्माण गर्नु सरकारको दायित्व हो : उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले नागरिकता प्राप्तिमा देखिएका जलिटता समाधान गर्न सरकारले कोसिस गरिरहेको जानकारी दिएका छन्। गृह मन्त्रालयद्वारा आज  आयोजित ‘नागरिकता र नागरिकतासँग सम्बन्धित विषयवस्तुमाथिको छलफल’ कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले नागरिकता प्राप्तिसम्बन्धी नागरिकको संवैधानिक अधिकारको प्रत्याभूति दिलाउन सरकार प्रयासरत रहेको बताएका हुन्। ‘नागरिकता प्र...

विपद्का लागि २२ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा छन् : गृहमन्त्री

विपद्का लागि २२ हजार बढी सुरक्षाकर्मी तयारी अवस्थामा छन् : गृहमन्त्री
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्युनिकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् व्यवस्थापनका लागि विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरेको जानकारी दिएका हुन् । उनले पोष्टले व...

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री

विद्युत् व्यापारका क्षेत्रमा नेपालले नयाँ इतिहास कायम गर्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऊर्जा क्षेत्रको विकासमा नेपाल सरकार दृढतापूर्वक अगाडि बढिरहेको बताउँदै विद्युत् व्यापारमा नेपालले नयाँ इतिहास बनाउने बताएका छन् । अरूण-३ जलविद्युत परियोजनाको ब्रेक-थ्रु कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्द्धनका लागि सरकारले आर्थिक वर्ष २०८१-८२ को बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको...

मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा एक जना पक्राउ
कास्कीको पोखरा महानगरपालिका-१४ सितलटोलस्थित पार्किङमा रोकी राखेको ग.१५ प ३१९ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय सुवास तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  तामाङले नक्कली चाबी प्रयोग गरी मोटरसाइकल चोरी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरीले मोटरसाइकल डोर्‍याउँदै लगी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।  ...

घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ

घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जना पक्राउ
 घरबाटै लागूऔषधको कारोबार गर्ने दुई जनालाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुन्दरहरैँचा नगरपालिका–६ का २६ वर्षीय कमल मगर र ३७ वर्षीय मनिष लिम्बू पक्राउ परेका हुन्। मगर र लिम्बूको घर सुन्दरहरैँचा–६ को अलगअलग स्थानमा छ। मगरको घरबाट लागूऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सोमबार साँझ ६ बजेतिर छापा...