हम्मरले हानेर दम्पतीको बीभत्स हत्या

हम्मरले हानेर दम्पतीको बीभत्स हत्या
काभ्रेको महाभारतमा पति-पत्नीको विभत्स हत्या भएको छ । महाभारत गाउँपालिका-४ महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमाया बल मंगलबार साँझ घरभित्रै मृत भेटिएका हुन् । टाउकोमा हम्मरले हानेर उनीहरुको हत्या गरेको अवस्थामा शव फेला परेको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । प्रहरीले भने हत्याको पुष्टि गरे पनि घटनाको विस्तृत विवरण खुलाएको छैन । बल दम्पतीले...

संसदीय छानविन समितिको माग गरेर काँग्रेस फस्यो : योगेशकुमार भट्टराई

संसदीय छानविन समितिको माग गरेर काँग्रेस फस्यो : योगेशकुमार भट्टराई
नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गरेर नेपाली काँग्रेस फसेको बताएका छन् । संसदमा छानविन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली काँग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बनाएर सुनकाण्डमा जसरी छानविन गर्ने माग गरेको भए उपयुक्त हुने उनको जिकिर थियो । मंगलवार संघीय संसद भवन परिसरमा सचिव भट्टराईले सञ्चारकर्मीहरुमाझ उपप्रधानम...

माेरङ कारागारमा कैदीको मृत्यु

माेरङ कारागारमा कैदीको मृत्यु
मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । जिल्ला कारागार मोरङका जेलर चेतराज बरालका अनुसार थापालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो । लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । खाना खाएर बसेका बेला मंगलबार बिहान ११ः४५ बजेतिर अचानक बेहोस भ...

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ सितापुरी टोल बस्ने ४८ वर्षीय ज्ञान बहादुर मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टीकापुर जग्गाबारे आरजूले भनिन्– मैले ५० हजारमा किनेको हुँ

टीकापुर जग्गाबारे आरजूले भनिन्– मैले ५० हजारमा किनेको हुँ
नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन्। प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै प्रक्रिया पुर्‍याएर किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन्। उनले भनिन्, ‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु। मैले ०५३ सालामा किनेको हो। यो घ...

भारतको कर्नाटकमा बैतडी घर भएका दाजुबहिनीको शङ्कास्पद मृत्यु

भारतको कर्नाटकमा बैतडी घर भएका दाजुबहिनीको शङ्कास्पद मृत्यु
बैतडीको पुच्र्यौडी नगरपालिका–४ भोडरका दुई दाजुबहिनीको भारतको कर्नाटकमा शङ्कास्पद मृत्यु भएको छ । बुबा–आमासँग कर्नाटकस्थित गाउँबस्तीमा मजदुरी गरिरहेका नन्दसिंह धानुकको १७ वर्षीय छोरा विक्रम र १५ वर्षीया छोरी शिरिष्माको कर्नाटकमा गत शनिबार शङ्कास्पद मृत्यु भएको नन्दका मावलीतर्फका काका जीवन धामीले जानकारी दिए । ‘दुवै दाजुबहिनीको हत्या गरी स्थानीय खोलामा डुबेर मृत्यु भएको अपवाह फैलाइएको कर्नाटकम...

ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ट्याक्टर दुर्घटना, चालकको मृत्यु
मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ समरदेखि ध्याकर जाँदै गरेको ग १ त ४८०४ नम्बरको ट्याक्टर सोमबार दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। वारागुङ मुक्तिक्षेत्र-३ को किटेन ध्याकर खोलामा ढुंगा लोड गरी ध्याकरणतर्फ जाँदै गर्दा ट्याक्टर सडकमार्गदेखि ६० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचन...

११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै

११ हजार बालबालिकालाई आइपिभी खोप लगाइँदै
बागलुङमा यस वर्ष ११ हजार सात सय ७१ जना बालबालिकाका लागि यही जेठ १३ देखि २६ गतेसम्म आइपिभी खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभावका कारण २०७३ साल वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको हो । जिल्लाका दशवटै स्थानीय तहमा खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय बागलुङले आवश्यक तयारी थालेको जनाएको छ । विकट ग्रामीण भेगका बालकालिकालाई खोपको पहुँच...

गर्मीमा स्वस्थ रहन अपनाउनुपर्ने उपाय

गर्मीमा स्वस्थ रहन अपनाउनुपर्ने उपाय
अहिले देशभर मौसम परिवर्तनसँगै गर्मी बढेको छ। अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ। गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरु, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन्। प्रायःजसो यस्ता समस्याहरु अस्वस्थ्यकर खानपान र बानीव्यहोराका कारण हुनेगर...

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते

माइक्रोबस र टिपर ठोक्किँदा १३ जना घाइते
माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४  कुरिनटारमा आज बिहान एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइते दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेमध्ये १२ जनालाई उपचा...