नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन्।
प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै प्रक्रिया पुर्याएर किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन्।
उनले भनिन्, ‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु। मैले ०५३ सालामा किनेको हो। यो घोटाला भएको ०६८ पछि हो।’






















