कानेपोखरीको वनमा १३ वटा बाख्रा मरेको अवस्थामा फेला
कानेपोखरी। मोरङको कानेपोखरी गाउँपालिका–७ मा एकै पटक १३ वटा बाख्रा मरेको अवस्थामा फेला परेका छन्। ती बाख्राको कुल मूल्य करिब एकलाख २२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार (मङ्गलवार) बिहान करिब ७ः४५ बजे ग्रामीण सुधार सामुदायिक वनको फोहोर फाल्ने स्थानमा ती बाख्राहरू मृत अवस्थामा भेटिएका हुन्। उक्त स्थान कानेपोखरी बजार क्षेत्रदेखि करिब दुई किलोमिटर दक्षिणतर्फ पर्छ।
मरेका बाख...











