गाडीले ठक्कर दिएको कंगारूलाई बचाउन खोज्दा २ नेपाली नर्सको मृत्यु, अस्ट्रेलियामा नेपाली समुदाय शोकमग्न
काठमाडौं / अट्रेलियाको मेलबर्न सहरको उत्तरमा रहेको ह्युम फ्रीवेमा गाडीको ठक्करबाट घाइते भएको कङ्गारुलाई सहयोग गर्न बाटोमा रोकिएका २ नेपाली महिलाहरूको अर्को गाडीले ठक्कर दिँदा मृत्यु भएको छ।
उनीहरू दुवै अस्ट्रेलियाको एउटै अस्पतालमा नर्सको रूपमा कार्यरत थिए र १४ वर्षभन्दा बढी समयदेखि मिल्ने साथी थिए। घटनाको दिन उनीहरूमध्येकी एकको जन्मदिन समेत थियो।
अस्ट्रेलियाको शेभन्युजले पीडितहरूको प...










