उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा अति भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो ।
लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गर...











