१२७ दल दर्ता, अझै २० प्रक्रियामा: नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन
काठमाडौँ : फागुन २१ गतेको निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाण पत्र लिने आज अन्तिम दिन रहेको छ । निर्वाचन आयोगले नयाँ दल दर्ता गर्न कार्तिक मसान्तसम्मको समय दिएको थियो, जुन आज सकिदैछ ।
निर्वाचन आयोगका अनुसार शनिवार साँझसम्म १२७ वटा दल दर्ता भएका छन् । त्यस्तै नयाँ २० दल दर्ता प्रक्रियामा रहेका छन् ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दल दर्ताका लागि आयोगमा परेका निवेदनमध्ये हर्क साम्पाङ...











