सम्झौताको ४२ दिनमै सडक कालोपत्र !
तनहुँ- तनहुँको भिमाद नगरपालिका–२ जिलाङस्थित फूलबारी मोटरमार्गको कालोपत्र गर्ने कार्य सम्झौता भएको ४२ दिनमै सम्पन्न भएको छ ।
भिमाद नगरपालिका र स्थानीयवासीको सहभागितामा शुरु गरिएको कालोपत्रको काम ४२ दिनमै सम्पन्न भएको हो ।
मोटरमार्ग कालोपत्रका लागि असोज ९ गते सम्झौता भएकामा यही कात्तिक २१ गते ६०० मिटर सडकको कालोपत्र सम्पन्न भएको फूलबारी मोटरमार्ग कालोपत्र योजना उपभोक्ता समितिका अध्यक्ष कमल...











