काठमाडौं । अनलाईन सपिङ गर्ने निजि कम्पनी दराजको उपभोक्ता ठगी सम्बन्धि कागजात वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लुकाउन खोजेको फेला परेको छ । दराजले चौतर्फीरुपमा ठगी गरेको उजुरी विभागमा परेको थियो । ६ महिना अघिनै दराजले आफ्नो अनलाईन व्यापार सम्वन्धी सबै कागजात बुझाएपनि त्रुटी नकेल्याई विभागले कार्यालयको दराजमै थन्काएको छ ।

अनलाईन सपिङका नाउँमा दराजबाट ठगीभएको ऊजुरी परेपछि गत जेठमा वाणिज्य आपूर्ति तथा उपभोत्ता संरक्षण विभागले अनुगमन गरेको थियो । दराजले व्यवस्थापक नभएको बहाना ग¥यो र विभागको अनुगमन टोली तत्काल त्रुटी नभेटिएको भन्दै त्यसै फर्कियो । तर, विभागले ७ दिन भित्र दराजको अनलाईन व्यापारको सबै कागजात पेश गर्न निर्देशन भने दिएको थियो । उक्त कागजात दराजले ढिलो गरी बुझायो । ढिलै बुझाएको ती कागजातमाथि विभागले छ महिना हुँदा समेत कागजातमाथि अध्ययन गरेको छैन् । विभागले कागजात पेश गरेको तर, अध्ययन नभएको स्वीकार गरेको छ ।

चौतर्फी ठगी गरेको ऊजुरी पर्दा समेत विभागले सबै कागजात अध्ययन नगर्नुमा घोटाला हुन सक्ने उपभोक्ताकर्मीको आरोप छ । राष्ट्रिय उपभोक्ता मञ्चले विभाग दराजको प्रभावमा परेको बताएको छ । दराजले उद्योगमा दर्ता गरी वाणिज्य सम्वन्धी व्यापार गर्दै आएको छ । जुन नीतिगत रुपमै स्पस्ट देखिने ठगी हो । त्यति मात्र नभई कुनै सामानको व्यापार गर्न सम्वन्धीत विभागको अनुज्ञा पत्र लिन पर्छ । तर, दराजले विभागसँग कुनैपनि वस्तु विक्री गर्नका लागि अनुमति लिएको छैन् । यस बाहेक दराजले सेल अफर भन्दै कुनै पनि वस्तुको मूल्यमा भारी छुट दिएको वेवसाइटमा देखिन्छ । तर, उक्त सामान खरिद गर्ने हो भने दराजले कमसल, गुणस्तहिन् र सस्तो मूल्यको सामान पठाउछ ।

सामान लिने बेलामा उपभोक्ताले हेर्नसमेत पाउदैनन् । त्यस्तै दराजबाट सामान खरिद गर्दा भ्याट बिल समेत पाइदैन् । यसरी हेर्दा दराजले अनलाइन सपिङको नाउँमा खुल्लमखुल्ला ठगि गरिरहेको उपभोक्ताकर्मीहरुको भनाई छ । अनलाइन सपिङले उपभोक्तालाई सामान खरिदमा सहज भएको छ । तर,कुनैपनि वस्तु अनलाइनमा राखिएको विवरण अनुसार उपलब्ध नहुनुले दराजले दिनहुँ धेरैलाई ठगिरहेको स्पस्ट हुन्छ । न्यूज बाट

तपाईको प्रतिक्रिया