उदयपुर / उदयपुरमा बसको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ मा स्कुल बसले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको हाे ।

आज बिहान ९ बजेको समयमा बेल्टारबाट बिरेन्द्र बजार तर्फ जाँदै गरेको स्थानीय पारुहाङ एकेडेमीको ना ४ ख ८१३४ नम्बरको बसले बाटोमा हिडिरहेका पैदल यात्री चौदण्डीगढी नगरपालिका-८ का ६० बर्षीया नम्रता थापालाई ठक्कर दिएकाे हाे । घाईते भएकी थापालई उपचारको लागी प्राथसामिक स्वास्थ्य केन्द्र बेल्टार लगिएकोमा स्वास्थ्य केन्द्र पुर्‍याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । बस र बस चालक नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया