सुनकोशी नदीमा बस खस्दा ६ जनाको मृत्यु
काठमाडौं– दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ ।
दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो ।
बस दुर्घटनामा तीन महिना, एक बालकसहित ६ जनाको मृत्यु भएको सिन्धुपाल्चोकका पत्रकार दिनेश थापाले बताएका छन् ।
सरकारी सञ्चार माध्यम नेपाल टेलिभिजनले पनि दुर्घटनामा ६ जनाको मृत्यु भएको जनाएको छ ।...











