काठमाडौँ / निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान सुरु भएको छ । बलात्कारको अभियोगमा पक्राउ परेका महराको शुक्रबार काठमाडौँ जिल्ला अदालतमा बयान सुरु भएको हो । अहिले जिल्ला अदालत काठमाडौँमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा बयान सुरु भएको छ ।

महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकिलको कार्यालय, काठमाडौँले बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । बयान सकिएपछि थुनछेक बहस शुरु हुनेछ । त्यसपछि मात्र महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्ने अदालतले फैसला गर्नेछ ।

तपाईको प्रतिक्रिया