यसबर्ष दशैमा टीका लगाउने साइत विहान १० बजेर ३५ मिनेटमा

यसबर्ष दशैमा टीका लगाउने साइत विहान १० बजेर ३५ मिनेटमा
काठमान्डाै / नेपाल पञ्चाङ्क निर्णायक समितिले यसवर्षको टीकाको साइत निर्धारण गरेको छ । समितिको बैठकले टीकाको साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेट निर्धारण गरेको हो । पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो । असोज १२ गते आइतबार...

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने

चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपाल आउने
काठमान्डाैं / चिनियाँ राष्ट्रपति सी चिनफिङ असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमण तालिका छिट्टै सर्वाजनिक हुने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बतायो । सीको सुरक्षा, हेटल, भेटघाट र स्वागतको तयारी भइरहेको छ । अब दुई मुलुकको समझदारीमा भ्रमण मिति सार्वजनिक हुनेछ । राष्ट्रपति सी बिब्बतमा आयोजना हुने कार्यक्रममा सहभागी भएर नेपाल आउने वा भारतबाट फर्कँदा नेपाल आउने भन्नेमा टुंगो छैन...

भिनामसिनामै अल्झिए मुख्यमन्त्री

भिनामसिनामै अल्झिए मुख्यमन्त्री
काठमान्डाैं / मुलुक संघीयतामा गइसकेपछि खडा नयाँ संचना प्रदेशको जग बसाउने मुख्य अभिभारा हालका मुख्यमन्त्रीहरुलाई छ । सँगै समृद्धिको जनआकांक्षा पनि छ तर प्रदेश सरकार हाँक्ने मुख्यमन्त्रीहरु यस्ता महत्वपूर्ण दायित्वलाई बेवास्ता गर्दै सामान्य औपचारिक कार्यक्रममा समय खेर फालिरहेका छन् । बच्चाको भातखुवाइसम्ममा उनीहरुको उपस्थिति देखिन्छ । अर्कातिर प्रदेश सरकार गठन भएको डेढ वर्ष बितिसक्दा आवश्यक कानुन ...

जथाभावी बन्छन् देशको नक्सा

जथाभावी बन्छन् देशको नक्सा
काठमान्डाै / नेपालको भौगोलिक नक्सा प्रकाशनका लागि नापीको अनुमति लिनुपर्ने व्यवस्था भए पनि अधिकांश नक्सा अनुमतिबिना प्रकाशन हुने गरेका छन् । यसै कारण कतिपय नक्सामा देशका सम्पूर्ण भूभाग नसेमिटएका नक्सा समेत बजारमा भेटिने गर्छन् । हरेक देशमा राष्ट्रिय नाप नक्सा निकाय हुन्छ, जसले भौगोलिक नक्साको काम गर्छ । यस्तो निकायले नक्सा बनाउने र ‘स्ट्यान्र्ड’ तोक्ने काम गर्छ । नेपालमा यो कामको जिम्मेवारी ...

यार्सागुम्बा बेचेर मोटरसाइकल

यार्सागुम्बा बेचेर मोटरसाइकल
डोल्पा / तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु बस्ती थर्किने गरी मोटरसाइकल गुड्छन्, स्पिकरमा तिब्बती गीत घन्काउँदै । डोल्पाको बुद्धडोल्पो गाउँपालिकामा हिजोआज बाटो नै जाम हुने गरी मोटरसाइल कुद्न थालेका छन् । सदरमुकाम दुनै सडकले जोडिए...

पेन्सनधारीलाई पनि तलब

पेन्सनधारीलाई पनि तलब
दाङ / जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पूर्व शिक्षक हुन् । निमावि द्वितीय श्रेणीमा कार्यरत उनी २०७२ मा स्वेच्छिक अवकाशपछि २०७४ मा जिल्ला समन्वय समितिको उपप्रमुखमा चुनिए । प्रदेश ५ बाट निर्धारण भएको स्थानीय सरकारका जनप्रतिनिधिको मासिक सुविधाअन्तर्गत जिल्ला समन्वय समितिका उपप्रमुखको तलब ३६ हजार तोकियो । पेन्सनधारी जिल्ला समन्वय समिति दाङका उपप्रमुख शर्मा पनि जनप्रतिनिधि बनेपछि मासि...

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै

राष्ट्रसंघको महासभामा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जाँदै
४ असोज, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा सहभागी हुन शनिबार न्यूयोर्क जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण महासभामा सहभागी नहुने भएपछि परराष्ट्रमन्त्री ज्ञवाली न्यूयोर्क जान लागेका हुन् । ज्ञवालीले महासभालाई १३ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ । यसैगरी नेपाल सार्क राष्ट्रको अध्यक्षको हैसियतले सार्क विदेश मन्त्रीहरुक...

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो

प्रदेश २ को संविधान दिवस : कतै कालो, कतै उज्यालो
सप्तरी / नयाँ संविधान घोषणा भएको आज चार वर्ष पूरा भएको छ । ३ असोज, २०७२ मा तत्कालिन राष्ट्रिपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए । तराईका जनताहरुको माग सम्बोधन नगरिकनै ल्याएको संविधानको विरोधमा मधेशमा आन्दोलन राप दन्किरहेको थियो । दर्जनौंको ज्यान मात्रै गएन, असंख्यक आन्दोलनकारी घाइते भए । संविधान जारी भएको दिनको सम्झना गर्दै सघीय,प्रदेश र स्थानीय सरकारले विविध कार्यक्रमको आयोजन गरेर आज...

मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू

मुर्ती सेलाउने क्रममा डूबेर मोरङमा एक जनाको मृत्यू
मोरङ / मोरङको कटहरी गाँउपालिकामा डूबेर एकजनाको मृत्यु भएकाे छ । विश्वकर्मा पुजाको मुर्ती सेलाउन गएका कटहरी–५ का ४० बर्षिय जोगनारायण उराँव स्थानिय खोलामा डुबेर बेपत्ता भएका थिए । बेपत्ता उराँवको सव सोहि खोलामा भेटिएको वडानम्बर ५ का वडाध्यक्ष घनश्याम सिंहले जानकारी दिए । उराँवले अत्यधिक मादक पदार्थ सेवन गरेको स्थानियले बताएका छन् । उनकाे सव आज बिहान जीतिया पर्वकालागि खोलामा नुहाउन पुग...

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन

नेकपाका नेता तथा पूर्व सांसद हरि बैरागी दाहालको निधन
इटहरी /  नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । उनलाइ कोटेश्वरको भाटभाटेनी डिर्पामेन्टल स्टोर अघि हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो । उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्ट...