प्रेम विवाहपछि यातना : श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेपछि घटनाले रहस्यपूर्ण मोड लिएको छ।
आइतबार आफ्नै घरभित्र २० वर्षीय सम्झना भट्टको शव झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार मृतक सम्झनाको शरीरमा कुटपिटका घाउ–चोट देखिएको र विगतदेखि घरेलु हिंसामा प...











