हिमालय बैंककाे एफपीओमा आवेदन खुल्यो

हिमालय बैंककाे एफपीओमा आवेदन खुल्यो
काठमाडौं । हिमालयन बैंकले आम सर्वसाधारणका लागि आज बुधबारदेखि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई...

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
चितवन : भरतपुर अस्पतालको सेफ्टी ट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । उनका अनुसार मंगलबार अपराह्न उनी खेल्ने क्रममा सेफ्टी ट्याङ्कीमा खसेकी थिइन् । उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिए पनि साँझ मृत्यु भएको थियो ।

आफ्नै तिघ्रामा सिसा प्रहार गर्ने राजवंशीको मृत्यु

आफ्नै तिघ्रामा सिसा प्रहार गर्ने राजवंशीको मृत्यु
झापा /आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का २५ वर्षीय अनन्त राजवंशीको मृत्युु भएको छ । प्रहरीका अनुसार राजवंशीले दराजको सिसा फुटाई आफ्नै दाहिने तिघ्रामा सिसा रोपेका थिए । सिसा फुटाएर आफ्नै तिघ्रामा रोपेपछि राजवंशीकी सानीमाले उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मानसिक रोगी रहेको बताइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलिय पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो । भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि समायोजन गरिएका हो ।

नोबेल अस्पतालमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ सफल

नोबेल अस्पतालमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ सफल
विराटनगर । जन्मजात रूपमा बोल्न र सुन्न नसक्ने बालबालकहरूका लागि विराटनगरमा पहिलोपटक ‘कोक्लियर इम्प्लान्ट’ प्रत्यारोपण सफलतापूर्वक गरिएको छ । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले २ बालकको सफल सर्जरीपछि सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौंबाहिर यो सेवा सुरु गरिएको घोषणा गरेको हो । अस्पतालका निर्देशक प्रा.डा राजेश नेपालका अनुसार बाल्यकालदेखि नै सुन्न नसक्ने समस्याले पीडित २ बालकमा ‘कोक्लियर ...

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला
मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन । अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेको मोरङ प्रहरी प्रवक्ता डीएसप...

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला

मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला
मोरङको बूढीगंगामा सडेको अवस्थामा शव फेला परेकी युवतीको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकको घारीमा शनिबार अपरान्ह ४ बजेतिर सडेर दुर्गन्धित भएको नग्न अवस्थामा युवतीको शव फेला परेको थियो । यद्यपि, मृतकको पहिचान खुलेको छैन । अनुहारलगायत शरीरका विभिन्न भागमा किरा परेर कुहिएको अवस्थामा फेला परेको शवको हालसम्म पहिचान हुन नसकेक...

गौरीगञ्जमा जन्ती बोकेको बस दुर्घटना, १३ जना घाइते

गौरीगञ्जमा जन्ती बोकेको बस दुर्घटना, १३ जना घाइते
झापाको गौरीगञ्जमा जन्ती जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । आज राति ८ः५० बजेको समयमा गौरीगञ्ज गाउँपालिका-४ नयाँवजारस्थित गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती बोकेर जाँदै गरेको प्र १–०१– ००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस सनसाइन इङ्गिलस स्कुलको रहेको छ । बसमा सवार ३० देखि ३५ जन्तीमध्ये घाइते भ...

आज ३१ आषाढ २०८२ मंगलवारको राशिफल

आज ३१ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । आर्थिक पक्ष सबल रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् नत्र पेटसम्बन्धी समस्याले सताउला। घरभन्दा धेरै बाहिर समय बित्नेछ। विदेशतिरबाट नराम्रो सूचना मिल्न सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ। वृष । नयाँ कार्यले दिनचर्यामा बदलाव लेर आउनेछ। साहस र उत्साहमा वृद्धि हुनेछ। नोकरीमा प्रभाव बढ्नेछ साथै नयाँ जिम्मेवारी पनि मिल्नेछ। सवारी साधनमा खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने...

क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा

क्यान्सर बिरामीलाई ३७ प्रकारका महँगा
काठमाडौंः नेपालमा किन्नसमेत नपाइने क्यान्सरका महँगा औषधि सरकारले अब निःशुल्क उपलब्ध गराउने भएको छ । विभिन्न चार अस्पतालमार्फत ती औषधि वितरण गर्ने गरी आइतबार केही औषधि स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’को सहयोग र ‘वान हार्ट वल्र्डवाइड’को समन्वयमा उक्त औषधि तथा स्वास्थ्य सामग्री २७ असारमा नेपाल आइपुगेको थियो । आइतबार प्राप्त औष...