झापाको गौरीगञ्जमा जन्ती जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । आज राति ८ः५० बजेको समयमा गौरीगञ्ज गाउँपालिका-४ नयाँवजारस्थित गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती बोकेर जाँदै गरेको प्र १–०१– ००१ क १५३५ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको बस सनसाइन इङ्गिलस स्कुलको रहेको छ । बसमा सवार ३० देखि ३५ जन्तीमध्ये घाइते भएका ७ जनाको दमकस्थित लाइफलाइन हस्पिटल र ६ जनाको गौरीगञ्ज आधारभूत हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया