इजरायल पुगेका विराटनगरका मेयर कोइराला भन्छन्: रेडजोनमा त छैन तर त्रास छ
विराटनगर महानगरपालिका मेयर नागिस कोइराला अहिले इजरायलमा छन्। मरुभूमि तथा सुक्खा ठाउँमा गरिने खेती प्रणालीको बारेमा जानकारी लिन इजरायल पुगेका कोइराला इरान र इजरायल युद्धका कारण असहज अवस्थामा छन्।
विगत सात दिनदेखि इजरायल भ्रमणमा रहेका मेयर कोइराला विगत चार दिनदेखिको इजरायल र इरान बीचको युद्धको मारमा पर्दा बेलाबेला समस्या हुने गरेको बताउँछन्। इजराइलमा रहेका मेयर कोइराला भनछन , ‘म द्वन्दग्रस्...











