खोटो बेचेर अठार लाख बढी आम्दानी
दाङ । खोटो बेचेर वन समूहले रु १८ लाख बढी आम्दानी गरेका छन् । जिल्लाका चार समुदायिक वनले रु १८ लाख ३७ हजार छ सय ५७ आम्दानी गरेका हुन् ।
डिभिजन वन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७५ हजार २५६ किलो खोटो बेचेर उक्त रकम आम्दानी भएको हो । खोटो तार्पिन र रङ बनाउन प्रयोग गरिन्छ । यो खोटो बाँके र कपिलवस्तुका उद्योगले खरिद गर्दै आएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा रु एक ल...











