लेखा समितिद्वारा महेन्द्र राजमार्गका सडक अनुगमन
विराटनगर, १९ साउन । प्रदेश १ को सार्वजनिक लेखा समितिले पूर्वपश्चिम राजमार्ग र त्यहाँ अवस्थित पुलमा मर्मत सम्बन्धी कामको अनुगमन गरेको छ । सडक कार्यालयमार्फत भएका मर्मतमा कैफियत र कमसल काम भएको भन्ने सांसदहरुले प्रदेशसभामा आवाज उठाएपछि समितिले सडक र पुलको अनुगमन गरेको हो ।
समितिमा सभापति शिवनारायण सिंह गन्गाईको नेतृत्वको अनुगमन टोलीले सडक तथा पुलको विषयमा स्थलगत जानकारी बटुलेको हो । सभ...







