अष्टजाम हेर्न गएका दुई समूहबीच झडप
झापा : भद्रपुर नगरपालिका–४ मन्त्रीचोकमा राधाकृष्ण अष्टजाम हेर्न गएका दुई समूहबीच झडप हुँदा एक किशोर घाइते भएका छन्।
गएराति करिब ९ : ३० बजे भएको कुटपिटमा कचनकवल गाउँपालिका–४ का १७ वर्षीय बिक्रम माझी घाइते भएका हुन्। उनको टाउको र कानमा चोट लागेको छ भने स्थानीय मेडिकलमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
घटनापछि नेपाल प्रहरी को भद्रपुरस्थित टोली खटिई संलग्नहरूको खोजतलास...











