गोली हानी फरार आरोपी १९ वर्षपछि समातिए
उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् ।
२०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो।
हत्यापछि घटनास्थल नजिकै शवलाई जलाएर फरार भएकामध्ये प...









