कारमा ल्याइएको लागुऔषध उर्लाबारीबाट बरामद, ३ जना पक्राउ
मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबार...











