नेपाल जेसीजको अध्यक्षमा रजनी थापा विजयी

नेपाल जेसीजको अध्यक्षमा रजनी थापा विजयी
इटहरी / नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतान्तरले रजनी थापा निर्वाचित भएकी छन् ।थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे । यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संग...

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ

नक्कली बुवा बनेर बहुविवाह गराएको आरोपमा एक जना पक्राउ
अमेरिकी भिसाको प्रलोभन देखाएर नक्कली बिहे गरेको घटनामा कञ्चनपुर प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय वीरबहादुर ऐर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले जानकारी दिए । ऐरलाई शनिबार डडेल्धुराबाट पक्राउ गरिएको डीएसपी जोशीले बताए । ऐर पेशाले इन्जिनियर हुन् । डडेल्धुराको भा...

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ।  नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए। 'हामीलाई चाहिएको मानव जाति...

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन्। उनले नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दे उक्त कुरा बताएका हुन्। अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्नेमा उनको जोड छ। पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनु पर्ने र त्यसका लागि आफू नेतृत्व...

अफ्रिकामा देखियो कोरोना भन्दा खतारनाक रोग, सातामै ३०० बढीको मृत्यु

अफ्रिकामा देखियो कोरोना भन्दा खतारनाक रोग, सातामै ३०० बढीको मृत्यु
अफ्रिका । कोरोना भाइरसपछि अफ्रिकामा नयाँ रोग देखा परेको छ । यो रोगले अफ्रिकी देश युगान्डाका धेरै मानिसलाई असर गरेको छ । यो रहस्यमयी रोगको नाम डिंगा डिंगा राखिएको छ । यदि रिपोर्टहरू विश्वास गर्ने हो भने युगान्डामा ३०० भन्दा बढी मानिसहरू यो रोगको सिकार भएका छन्। यो रोगको औषधि पत्ता लगाउन चिकित्सकहरु पनि व्यस्त छन् । अचम्मको कुरा के छ भने युगान्डाका अधिकांश महिला र केटीहरू यो रोगको शिकार भएका छ...

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो

क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले चार लाख ६० हजार नौ सय ४० मात्रा खोप आएको बताए। ती खोपलाई अहिले टेकुस्थित भण्डारण कक्षमा राखिएको र बिस्तारै प्रदेशमा पठाइने जानकारी दिए । ‘ए...

होटलमा बसेका एक ब्यत्ति मृत भेटिए

होटलमा  बसेका एक ब्यत्ति मृत भेटिए
दमक । झापाको दमक बसपार्कस्थित मिलन होटल एन्ड लजमा दुईजना युवतीसंग राति बसेका एक व्यक्ति आज बिहान मृत फेला परेका छन् । मृत फेला पर्ने अन्दाजी ४५ वर्षका व्यक्ति सिन्धुलीका सुनुवार थरको भएको बताइएको छ । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । बसपार्कमा रहेको मिलन होटल एन्ड लजमा यौन धन्दा हुँदै आ...

बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा भेटियो

बालकलाई ठक्कर दिएर भागेको  मोटरसाइकल लुकाएको अवस्थामा भेटियो
बेलबारी । मोरङको सुन्दरहरैंचामा बालकलाई ठक्कर दिएर भागेको मोटरसाइकल लुकाएको अवस्थामा फेला परेको छ । सोमबार राति १२.३० बजेतिर सुन्दरहरैंचा ४ पंकज पेट्रोल पम्प नजिक तत्काल नामथर नखुलेको ब्यत्ति अचेत अवस्थामा फेला परेका थिए । घाइते अवस्थामा फेला परेका उनलाई तत्काल उपचारको लागि विराट टिचिङ अस्पताल बूढीगंगा लगिएको थियो । अनुसन्धानका क्रममा उनी सुनसरीको इटहरी उपमहानगरपालिका ११ खनारका हिर...

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु

स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबिबीएस अध्यापन सुरु
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा चिकित्सा शास्त्र अध्ययनअन्तर्गत स्नातक तह (एमबिबीएस) को अध्यापन सुरु भएको छ । सङ्घीय सरकारबाट यस वर्ष एमबिबीएसका ५० विद्यार्थीलाई अध्यापन गराउने अनुमति पाएपछि प्रतिष्ठानले अध्यापन सुरु गरेको हो । प्रतिष्ठानले प्राप्त गरेको ५० मध्ये ७५ प्रतिशत सिटमा विद्यार्थीको पूर्ण छात्रवृत्ति र २५ प्रतिशत सिटमा तोकिएको रकमको आधारमा नामाङ्कन गराइने प...

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती

झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको छ । कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रमअन्तर्गत यहाँको तीन स्थानमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको हो । ती स्थानमा बिर्तामोड नगरपालिका–९, कचनकवल गाउँपालिका–१ र बाह्रदशी गाउँपालिका–६ मा १०/१० कट्ठा क्षेत्रफलमा शून्य खनजोत प्रविधिबाट मकैखेती गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । कृषि अनुसन्धान निर...