दमक । झापाको दमक बसपार्कस्थित मिलन होटल एन्ड लजमा दुईजना युवतीसंग राति बसेका एक व्यक्ति आज बिहान मृत फेला परेका छन् ।
मृत फेला पर्ने अन्दाजी ४५ वर्षका व्यक्ति सिन्धुलीका सुनुवार थरको भएको बताइएको छ । अन्य विवरण खुलिनसकेको दमक प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बताए । बसपार्कमा रहेको मिलन होटल एन्ड लजमा यौन धन्दा हुँदै आएको बताइन्छ । यौन कार्य गर्न आएका व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया