यी तीन प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (असार ३, मंगलबार) कुन-कुन प्रदेशमा कत्रो वर्षाको सम्भावना छ भन्ने विषयमा जानकारी दिएको छ।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार,
आज दिउँसो: सबै प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पन...











