गायिका रचना रिमाल रुकुममा साङ्गीतिक कार्यक्रमका क्रममा पेट दुखाई भएपछि आकस्मिक रूपमा अस्पताल भर्ना भएकी थिइन्। रचना रिमालका अनुसार सुरुमा एपेन्डिक्सको शंका गरिए पनि काठमाडौंको ह्याम्स अस्पतालमा परीक्षणपछि आन्द्राको संक्रमण भएको पुष्टि भयो।
रुकुमबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज हुँदै बुद्घ एयरमार्फत काठमाडौं ल्याइएकी रिमाललाई ह्याम्स अस्पतालमा पाँच दिन उपचारपछि डिस्चार्ज गरिएको छ।
रचना रिमालले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमा चासो राख्ने सबैलाई धन्यवाद दिँदै केही समयका लागि सबै कार्यक्रम स्थगित गरिएको र स्वास्थ्यमा पूर्णलाभ भएपछि प्रस्तुति शुरु गर्ने जानकारी दिएकी छिन्।

तपाईको प्रतिक्रिया