प्रहरीको गाडीमा तोडफोड , ७ जना पक्राउ
रौतहट । प्रहरीको गाडी तोडफोड गरेको अभियोगमा ७ युवा पक्राउ परेका छन् । ना१झ १३३१ नम्बरको प्रहरीको गाडीमा कटहरिया ६ फतेपुर नजिक युवाहरुले तोडफोड गरेका हुन् ।
गौरबाट थुनुवा पुर्याएर फर्किरहेको प्रहरी गाडीमाथि शुक्रवार अपरान्ह फतेपुरगाँउ छेउमा दर्जनौ मानिसको भिडले एक्कासी ढुंगामुढा गरेका थिए । ढुंगामुढाबाट गाडीको सिसा फुटेको र केही प्रहरीलाई चोटपटक समेत लागेको छ ।
पक्राउ पर्नेहरुमा कटहरिया ६...











