धरान–४ स्थित पत्रांवारीमा रहेका अस्थायी प्रहरी चौकीमा कार्यरत असई पिताम्बर अधिकारीलाई एक एकल महिलालाई यौन दुव्यवहार गरेको आरोप लागेको छ ।

उनका विरुद्ध बोल्न नसक्ने एक महिलालाई करणी गरेको भन्दैं स्थानीय एक महिलाले किटानीसहित ठाडो उजुरी दिएकीछन् ।अधिकारीमाथि बलात्कार गरेको बिषयमा पनि इलाका प्रहरी कार्यालयले अनुसन्धान अघि बढाएको बताएको छ ।

 

अधिकारीविरुद्ध करणी गरेको निवेदन परेपछि ४ नं वडा कार्यालयका सदस्य धनबहादुर कुलुङको रोहबरमा अाज प्रहरीले मुचुल्का उठाएको छ । यस विषयमा इप्रका धरानले अनुसन्धान भइरहेको एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।

उनका अनुसार केही दिन अघि मादक पदार्थ सेवनको उजुरी पछि इलाका तानिएको थियो । फेरी गम्भीर प्रकृतिको उजुरी आएको र अनुसन्धान भइरहेको उनले बताएका छन् ।
ती अधिकारी पत्रांंवारीमा  हुदा स्थानीयहरुसँग असुली गर्ने, रक्सीले मातेर मथ्थु भएर हिड्ने गरेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया