सुनसरी / सुनसरीको गढीमा जलेर एक जनाकाे मृत्यु भएकाे छ । गढी गाउँपालिका-२ का ५२ बर्षीय थुवा भनिने भुमीसुधार माझीको आगलागीमा परी मृत्यु भएको हाे ।

टाटीको बेरा, फुसको छानो भएको घरमा एक्लै सुतेका माझीको घरमा आज बिहान (राती) १ बजेको समयमा अचानक आगलागी हुँदा जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा थप अनुसन्धानको लागि ईलाका प्रहरी दुहवीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य जारी रहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया