विराटनगर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ
माेरङ। आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।
बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । ...











